हामी नेपालमा सक्षम लघुवित्त सेवाहरू उपलब्ध गराउन र विकास गर्न प्रतिबद्ध छौं। यसका उद्देश्यहरू हुन्:
-
लघुवित्त सेवाको माध्यमबाट निरपेक्ष गरिबीको रेखामुनी रहेका विपन्न वर्गलाई स्वरोजगारका अवसर सृजना गरी आयस्तर बढाउने र गरिबी कम गर्ने,
-
ग्रामिण क्षेत्रमा बैकिङ्ग सेवा उपलब्ध गराउने,
-
ग्रामिण क्षेत्रमा बसोवास गर्ने विपन्न महिलालाई सामुहिक जमानीमा विना धितो कर्जा प्रदान गरी उनीहरुको सामाजिक तथा आर्थिकस्तर वृद्धि गर्ने,
-
कृषि, व्यापार, उद्योग, सेवा, ण्जस्ता व्यवसायका लागि विपन्न वर्गलाई सुलभ रुपमा लघुकर्जा प्रदान गर्ने,
-
वित्तीय संस्थाका सरोकारवालहरुको हक हित संरक्षण र सम्वद्र्धन गर्दै सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने,
-
उपलब्ध सीप, श्रम तथा पुँजीलाई उचित परिचलन गरी ग्रामिण तथा शहरी क्षेत्रमा उत्पादन एवम् रोजगारीमूलक व्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवम् प्रबद्र्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिवी निवारणका लागि सकृय रुपमा संलग्न भई सहयोग पु¥याउने,
-
विपन्न तथा पिछडिएका समुदायलाई लघुवित्त सेवा उपलब्ध गराई युवाहरुलाई स्वदेश मै स्वरोजगारीको अवस्था सृजना गर्ने,
-
कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रुपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवम् उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन आन्तरिक तथा बाह्य स्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवंम् कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पु¥याउने,
-
मुलुकमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी संस्थागत लगानी तथा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट वित्तीय मध्यस्थताको सोव उपलब्ध गराउने,
-
बिपन्न, पिछडिएका तथा न्युन आय भएका समुदायहरुलाई भरपर्दो र दिगो लघुवित्त सेवा प्रदान गर्न यसका विभिन्न पक्षमा अध्ययन÷अनुसन्धान गरी गुणस्तरीय, नविन लघुवित्त सेवा उपलब्ध गराउने ।
|