Call us now +977 01 5388650

कल्याण सेवा

  • सदस्यको पति / पत्नीको मृत्यु: सदस्यको पति वा पत्नीको मृत्यु भएमा आर्थिक सहयोग रु. ३,०००/– उपलब्ध गराइनेछ।
  • सुत्केरी खर्च: सदस्यलाई सुत्केरी हुँदा रु. ३,०००/– आर्थिक सहयोग उपलब्ध गराइनेछ।
  • काजक्रिया खर्च: नियमित बचत जम्मा गर्ने सदस्यको मृत्यु भएमा काजक्रिया खर्च वापत रु. ४,०००/– आर्थिक सहयोग उपलब्ध गराइनेछ।
  • प्राकृतिक प्रकोप राहत: हावाहुरी, चट्याङ, भारी हिमपात, आँधी, बाढीपहिरो, र आगलागीबाट सदस्यहरूको घर तथा सम्पत्ति क्षति भएमा तत्काल राहत स्वरुप रु. २,५००/– उपलब्ध गराइनेछ।
  • प्रोत्साहन खर्च: एस.ई.ई. परीक्षा उत्कृष्ट अंक ल्याउने सदस्यका छोराछोरी मध्ये प्रत्येक शाखाबाट १ जनालाई प्रोत्साहन स्वरुप रु. २,०११/– पुरस्कार दिइनेछ।
  • व्यवसाय पुनः स्थापना सहयोग: अन्त्येष्टि खर्च: विभिन्न कारणले अप्रत्याशित मृत्यु भएको ऋणी सदस्यका परिवारलाई आर्थिक सहयोग गरिनेछ।
  • राष्ट्रिय संकट सहयोग: नेपाल सरकारले महामारी वा राष्ट्रिय संकट घोषणा गरेमा त्यसबाट प्रभावित ग्राहकहरुलाई आर्थिक सहयोग गरिनेछ।
  • अन्त्येष्टि खर्च: विभिन्न कारणले अप्रत्याशित मृत्यु भएको ऋणी सदस्यका परिवारलाई आर्थिक सहयोग गरिनेछ।
 

अन्य सेवा

  • एसईई परीक्षामा पुरस्कार: कर्मचारीका छोराछोरीमध्ये उत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई जनही  पुरस्कार प्रदान गरिनेछ। साथै, हरेक शाखाका सदस्यका छोराछोरीमध्ये उत्कृष्ट अंक ल्याउने एकजनालाई पुरस्कार वित्तीय संस्था स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ।
  • संस्थागत सामाजिक उत्तरदायित्व: नेपाल राष्ट्र बैंकले तोकेको सीमा अनुसार शिक्षा, स्वास्थ्य, खेलकुद लगायत समाजसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरूमा सबै प्रदेशमा कार्यक्रमहरू सञ्चालन गरिनेछ।
  • असहाय विद्यार्थीका लागि छात्रवृत्ति: प्रत्येक शाखाका वरपरका आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गरिनेछ।
  • प्राकृतिक विपद् राहत: सदस्यहरूलाई प्राकृतिक विपत्तिबाट व्यवसाय वा घरको क्षति हुँदा  ग्राहक सुरक्षा कोषबाट तत्काल राहत उपलब्ध गराइनेछ।
  • सञ्चार माध्यमबाट चेतना: सामाजिक सञ्जाल तथा संचार माध्यमबाट नियमित रूपमा कर्जा भुक्तानी र वित्तीय अनुशासनसम्बन्धी चेतनामूलक सामग्री प्रसारण गरिनेछ।